back
CTIZAN AD

निर्वाचन तयारी : निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

वि.सं.२०७७ माघ ४ आइतवार

927 

shares

माघ ४, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक पार्टीहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हाे ।

अहिले बैठक निर्वाचन आयोगकाे कार्यालयमा जारी रहेकाे जनाइएकाे छ ।

आयोगले निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूलाई दुई–दुई जना प्रतिनिधि छलफलका लागि पठाउन पत्र काटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । सरकारले संसद विघटनसँगै प्रतिनिधिसभा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचनको तयारी थालेको हो ।

तर, दलहरुले भने प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्चमा परेको रिटमाथि फैसला भएपछि मात्रै निर्वाचनको तयारी थाल्न आग्रह गर्दै आएका छन् ।

वि.सं.२०७७ माघ ४ आइतवार १३:२७ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...