back

भारत ३३६ रनमा अलआउट, सुन्दर र शार्दुलको उत्कृष्ट ब्याटिङ्ग

वि.सं.२०७७ माघ ४ आइतवार

171 

shares
RBB AD
NTC AD

४ माघ, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो तथा अन्तिम टेस्ट खेल ब्रिसबेनमा चलिरहेको छ । भारत आफ्नो पहिलो इनिङ्गसमा ३३६ रनमा अलआउट भएको छ ।

अष्ट्रेलिया आफ्नो पहिलो इनिङ्गमा ३६९ रनमा अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारतीय टिम ३३६ रनमा अलआउट भएको हो । पहिलो इनिङ्गसमा भारतका लागि ब्याटिङ्गमा अलराउण्डर वाशिंगटन सुन्दर र फास्ट बलर शार्दुल ठाकुरले उत्कष्ट ब्यटिङ्ग गरेका छन । शार्दुल ठाकुर भारतका लागि सर्वाधिक ६७ आउट भएका थिए भने वाशिंगटन सुन्दर ६२ रन बनाएर आउट भएका थिए ।

दुवै खेलाडी मिलेर सातौँ विकेटका लागि १२३ रनको साझेदारी निभाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा जस हेजलवुडले सर्वाधिक ५ विकेट हात पार्न सफल भएका थिए । भारत ३३६ रनमा अलआउट भएसँगै अष्ट्रेलियाले पहिलो इनिङ्गसमा ३६ रनले लिड लिएको छ ।

भारत अलआउट भएसँगै अष्ट्रेलियाले दोस्रो इनिङ्गसको सुरुवात गरेको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १३:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’...

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...