back
CTIZAN AD

व्यावसायिक ड्रागनखेतीबाट मनग्य आम्दानी

वि.सं.२०७७ माघ ४ आइतवार

543 

shares

४ माघ, भोजपुर । धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लागेका छन् ।

व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई बिक्री गरेर गाउँ आएको उनले बताए । उनले जिल्लामा पहिलो पटक यसको खेती लगाएको हो ।

कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहेको छ । उनले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन् ।

उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन् । दुई हजार ५०० पिलर पु¥याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए ।

उनले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ ।

कृषक नेपालले भने, “म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यावसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरैथरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।”

उनले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाख बढी खर्च गरिसकेको बताए । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उनले बताए । उनले ड्रागन खेतीबाट वार्षिक रु ५० लाख आम्दानी लिने लक्ष्य राखेका छन् । उनले भारतबाट सोका बिरुवा ल्याएर खेती थालेको जानकारी दिए ।

उनी आफैँले पनि ड्रागनका बिरुवा उत्पादन गर्न थालेको समेत जानकारी दिए । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा रु ७०० देखि रु एक हजारसम्म रहेको उनले जानकारी दिए ।

गत वर्ष कागती बिक्रीबाट रु १० लाख आम्दानी गरेको उनले जानकारी दिए । कोभिडका कारण यस वर्ष भने बिक्रीवितरणमा समस्या भएको उनको भनाइ छ ।

“गत वर्ष मैले रु १० लाख बराबरको कागती बिक्री गरेँ, सोमध्ये रु तीन लाख बराबरको कागती स्थानीय बजारमा बिक्री भयो, बाँकी काठमाडौँ लगेर बिक्री गरँे, भोजपुरबाट आएको अर्गानिक कागती भनेपछि यसको काठमाडौँमा पनि बजार राम्रो छ ।”

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यका तर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे ।

उनले भने, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, खास सहयोग पाएको छैन, मैले बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हो, मैले पनि राज्यलाई केही दिन सकेको छैन, फर्मसम्म आउनका लागि सडक नहुँदा डोकामा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सके भने सरकारको तर्फबाट पनि सहयोग आउला भन्ने आशा छ, अहिले मेरो एक मात्र लक्ष्य भनेको वर्षिक रु ५० लाख आम्दानी सुनिश्चित गर्ने नै हो ।”

उनले गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताए । उनले गाउँमा उत्पादन भएको दूधलाई बजारसम्म पु¥याउनका लागि पहलसमेत थालेको जानकारी दिए । विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरेर दूधलाई बजारसम्म लैजानका लागि काम गर्ने तयारी रहेको उनको भनाइ छ ।

कृषक नेपालले भने, “हाम्रो ठाउँमा दूधको सम्भावना अत्यन्तै राम्रो छ, तर गाउँघरमा उत्पादन भएको दूधले मूल्य पाउन सकेको छैन, दूधलाई बजारमा पु¥याएर बिक्री गर्नसकेमा यहाँका हजारौँ कृषकलाई लाभ पुग्छ, दूध सङ्कलन केन्द्र स्थापनाका लागि आवश्यक कागजात तयार गरेर स्थानीय सरकारसँग समन्वय गरिरहेको छु ।”
रासस

वि.सं.२०७७ माघ ४ आइतवार १३:२२ मा प्रकाशित

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...