back
CTIZAN AD

जडिबुटीका क्षेत्रमा लगानी बढाइने

वि.सं.२०७७ माघ ४ आइतवार

822 

shares

४ माघ, काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताएका छन् ।

आज जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकनका क्रममा उनले नेपालमा उत्पादन हुने जडिबुटीहरुको सदुपयोग गर्न सरकार लागिपरेको बताए ।

उनले भने, “हाम्रै देशमा उत्पादन हुने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेका छन्, पतञ्जलीले मात्रै करोडौँ रकम कमाइसकेको छ । अब हाम्रा जडिबुटी नेपालमै प्रसोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनु पर्छ ।”

मन्त्री आलेले जडिबुटी उत्पादनको क्षेत्रमा सरकारले लगानी गर्ने भएकाले इच्छुक नागरिक, फर्म तथा कम्पनीहरुलाई निकै फाइदा पुग्ने बताए ।

सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई थप व्यवस्थित बनाउन मन्त्रालयले गृहकार्य अघि सारेको समेत जानकारी दिए । “अब एक घर एक जडिबुटी खेती भन्ने योजना अघि सारिने छ” उनले भने ।

“बेरोजगार युवालाई रोजगारी पनि हुने र आफ्नो आयस्तर पनि बढ्ने भएकाले अन्य खेती गर्नुभन्दा जडिबुटी खेती गर्नु राम्रो हुनेछ ।” यसैगरी जडिबुटी खेती गर्ने किसानलाई सरकारले अनुदानको समेत व्यवस्था गर्ने मन्त्री आलेले जानकारी दिए ।

कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी निर्माणको सिलसिलामा रहेको बताए ।

उनले भने, “कञ्चनपुरमा हाम्रो आफ्नै २० रोपनी जमीन छ, त्यसमा हामी उत्पादन तथा प्रशोधन केन्द्र निर्माण गर्दैछौँ, यसबाट त्यहाँका जडिबुटी खेती गर्ने किसानलाई फाइदा हुनेछ ।” उनका अनुसार कम्पनीसँग देशभरमा कुल ४३२।८ हेक्टर जमीन रहेको र ८०० बिघामा जडिबुटी खेती भइरहेको छ ।
रासस

वि.सं.२०७७ माघ ४ आइतवार १७:१३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...