back
CTIZAN AD

मुगुमा ओलीपक्षको छुट्टै पार्टी कार्यालय टिम गठन

वि.सं.२०७७ माघ ४ आइतवार

792 

shares

४ माघ, मगु । मुगु जिल्लामा नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीपक्षको गतिबिधि संचालन गर्नका लागि ओलीपक्षले आफ्नो १३ सदस्यीय छुट्टै पार्टी कार्यालय टिम गठन गरेको छ ।

मुगुमा नेकपा पार्टी जिल्ला कमिटीका अध्यक्ष सुकबीर बुढा र सचिव धर्मबहादुर शाही सहितको टिम माधव–प्रचण्ड पक्षमा लागेपछि ओलीपक्षधरले आफनो पार्टीको गतिबिधि संचालन गर्नको निम्ति प्रतिनिधिसभा सांसद मोहन बानियाँको प्रमुख अतिथिमा छुट्टै पार्टी कार्यालय टिम गरेका छन् ।

उक्त पार्टी कार्यालय संचालन टिममा डम्बर रावल संयोजक र लालबहादुर रावत, डिलबहादुर मल्ल, रुपबहादुर बुढा, परेकराज चौलागाईँ, हस्त बहादुर शाही, डबल रोकाया, बालचन्द बिक,अशोक लामबुमी,छिरिङ फुटी लामा, लालबहादुर मल्ल, बालकृष्ण लावड र लक्ष्मी चौलागार्इँ सदस्य रहने गरि पार्टी कार्यालय संचालन टिम गठन गरिएको हो ।

पार्टीको गतिबिधिलाई तिब्रता दिन र संगठन मजबुत बनाउने उद्धेश्यले पार्टी कार्यालय संचालन टिम गठन गरिएको संयोजक डम्बर रावलले जानकारी दिए ।
पार्टी कार्यालय टिम गठन गरि संगठन बिस्तार कार्यकर्ता भेटघाट अभियानलाई तिब्रता दिइएको रावलको भनाई छ ।

पार्टी संचालन कार्यालय टिमले राजु कार्की,मेरबहादुर बुढा, लालबहादुर रावल लगायतलाई बिशेष धन्यबाद दिएको छ । नेकपाका माधव–प्रचण्ड पक्षलाई त्यागेर ओलीपक्षमा लागेको भन्दै टिमले धन्यबाद दिएको हो ।

वि.सं.२०७७ माघ ४ आइतवार २१:२५ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...