back
CTIZAN AD

आईतबारका मुख्य ७ खबर, के–के भयो हेर्नुहोस्

वि.सं.२०७७ माघ ४ आइतवार

804 

shares

माघ ४ गते, काठमाडाैं । आईतबारका मुख्य ७ खबर यहाँ प्रस्तुत गरिएकाे छ । हेर्नुहाेस् के-के भयाे दिनभर –

१. आइतबार पनि थपिए २ सय ६६ कोरोना संक्रमित

आइतबार पनि देशैभरि २ सय ६६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभरि ३ हजार बढिमा गरिएको परीक्षणमा २ सय ६६ जनामा कोरोना देखिएको हो । जसमध्ये उपत्यकाबाट मात्रै १७७ जनामा कोरोना देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

मन्त्रालयले जनाएअनुसार आइतबार मात्रै थप ५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । जससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ५९ पुगेको छ ।

२. प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमाथि आइतबारबाट निरन्तर सुनुवाइ सुरु भएको छ । प्रतिनिधिसभा विघटनको करिब एक महिनापछि बल्ल सो कदम असंवैधानिक भन्दै दायर रिटको मूल विषयमा सुनुवाई सुरु भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार प्रतिनिधिसभा विघटन संविधान सम्मत कि विपरीत भन्नेमा न्यायाधीश र मुद्दामा पक्षहरूबीच लामो सवाल–जवाफ चलेको थियो । संविधानविद्समेत रहेका वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले करिब साढे २ घण्टा बहस गरेका थिए भने अर्का वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सवा घण्टा बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनको रिटमा संवैधानिक प्रश्न रहेको भन्दै संवैधानिक इजलास पठाएका थिए ।

३. निर्वाचन आयोगमले गर्यो सर्वदलीय छलफल

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ । आयोगले आइतबार दलहरुसँग छलफल गरेको हो ।

निर्वाचनको मिति तोकेपछि आयोगले गरिरहेको कामकारबाही, आन्तरिक तयारी, मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्रका बारेमा राजनीतिक दलहरूलाई जानकारी गराइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

छलफलमा सहभागीमध्ये विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको मुद्दा चलिरहेकाले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने प्रतिक्रिया दिएका थिए । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

४.युवा विद्यार्थीलाई आक्रामक आन्दोलनको तयारीमा जुट्न प्रचण्डको आव्हान

विभाजित नेकपाको प्रचण्ड–माधव पक्षीय अनेरास्ववियुको काठमाडौं उपत्यकास्तरीय भेला सम्पन्न भएको छ । आइतबार काठमाडौंस्थित प्रज्ञामा भेला सम्पन्न भएको हो ।

भेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक आन्दोलन तयारी गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए । आफू सम्वद्ध अनेरास्ववियू भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीहरुको मुटु हल्निुपर्यो ।’

संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएको बताए । आन्दोलनको अग्रपंक्तिमा आफुँसहितका नेताहरु रहने भन्दै प्रचण्डले भने, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’

५. हुम्लामा भयो ओली र प्रचण्ड–नेपाल पक्षबीच झडप

नेकपा विभाजनसँगैको कहल जिल्ला तहहरुमा देखिन थालेको छ । जसको असरमा हुम्लामा देखिएको छ ।

आइतबार हुम्लामा नेकपाको प्रचण्ड–नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली समूहबीच झडप भएको छ । अदानचुली गाउँपालिका–१ मा आइतबार दिउँसो प्रचण्ड–नेपाल पक्षका मानबहादुर थापा र ओली पक्षका वडाध्यक्ष रंगबहादुर थापा समूहबीच झडप भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अदानचुली गाउँपालिकाको थलहाल्नादेखि कल्खेसम्म सडक निर्माणका विषयमा प्रचण्ड–नेपाल र ओली समूहबीच विवाद भएको थियो । झडपमा वडाध्यक्ष थापासहित दुवै समूहका केही घाइते भएको र उनीहरुको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

६. दुगड फेरि मन्त्री सरहको सुविधासहित प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त

पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगण प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ मा बसेको मन्त्रिपरिषदको निर्णयअनुसार उनलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो । प्रधानमन्त्री कार्यालयले जानकारी दिएअनुसार दुगडलाई मन्त्री

७. नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकहरूको मात्रै डेढ अर्बको कारोबार

माघ महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका छन् भने सेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ ।

दिनभर भएका ५० हजार ६ सय ७ कारोबारबाट २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । जसमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह सबै बढेका छन् । वाणिज्य बैंकहरुको मात्रै १३ हजार २५ कारोबारबाट ३८ लाख ४५ हजार ७ सय २८ कित्ता सेयर किनबेच भएका छन् ।

वि.सं.२०७७ माघ ४ आइतवार २२:२८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...