back
CTIZAN AD

कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण

वि.सं.२०७७ माघ ५ सोमवार

867 

shares

५ माघ, टिकापुर । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।

टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले संयुक्त रुपमा अस्पताललाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

समूहका संयोजक सञ्चारकर्मी प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउदले शव वाहनको साँचो अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई आइतबार हस्तान्तरण गरेका छन् ।

सो अवसरमा संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकामा खुशी लागेको र आगामी दिनमा टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष रावलले शव वाहन खरिद गरी हस्तान्तरण गरेकामा दुवै संस्थालाई धन्यवाद दिँदै स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औँल्याए ।

टीकापुर क्षेत्रमा शव वाहन नहँुदा समस्या हुँदै आएको थियो । अब भने पहिलेको जस्तो ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यताको अन्त्य भएकोे छ ।
रासस

वि.सं.२०७७ माघ ५ सोमवार १२:२२ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...