५ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगाना बाट माछापुच्छ्रे कृति क्यापिटल लि.को एकिकृत कारोवार समुद्घाटन भएको छ ।
अध्यक्ष ढुंगानाले बोर्डबाट मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमतिपत्र प्राप्त मर्चेण्ट बैंकरहरु माछापुच्छ्रे क्यापिटल लि. र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लि. एक आपसमा गाभिई बनेको माछापुच्छ्रे कृति क्यापिटल लि. को एकिकृत कारोवारको समुद्घाटन उक्त मर्चेन्ट बैंकरको बागदरवार, सुन्धार स्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच गरे ।
कार्यक्रममा अध्यक्ष ढुंगानाले माछापुच्छ्रे कृति क्यापिटललाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पूँजी बजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए । साथै, उनले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुन सके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा माछापुच्छ्रे कृति क्यापिटलले विशेष ध्यान पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा.विरेन्द्र प्रसाद महतो विशेष अतिथिको रुपमा थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला थिए । माछापुच्छ्रे कृति क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने, अन्य संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यको उपस्थिति रहेको थियो ।
वि.सं.२०७७ माघ ५ सोमवार १३:१५ मा प्रकाशित





























