back
CTIZAN AD

प्रदेश १ को राजनीति : प्रचण्ड–माधव समूह छाड्दै तीन सांसदले दिने भए शेरधनलाई साथ

वि.सं.२०७७ माघ ५ सोमवार

720 

shares

माघ ५, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाको प्रचण्ड–नेपाल पक्षका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन् । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेरसहित ३ जनाले फिर्ता गर्न लागेका हुन् ।

हस्ताक्षर फिर्ता गर्न लागेकामा गजमेरसहित गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन् । जनाएअनुसार उनीहरुले सोमबार नै औपचारिक रुपमा हस्ताक्षर फिर्ता लिनेछन् ।

यसअघि उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादवले पनि हस्ताक्षर फिर्ता लिएका थिए ।

याे पनि पढ्नुहाेस्

यी हुन् शेरधन राईविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

नेकपा विभाजनसँगै प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्व गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, यसबीच ३२ सांसद मात्रै अविश्वासको पक्षमा देखिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा ६७ सांसद नेकपामा छन् । जसमध्ये ३२ सांसद प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् भने हस्ताक्षर फिर्तासँगै ३५ सांसद ओली पक्षमा देखिएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै सरकार अल्पमतमा परेको थियो । प्रदेश १ मा सरकार बनाउन जम्मा सदस्यमध्ये ४७ सांसदको सहमती चाहिन्छ । यसबीच राईले भने आफुँपक्षमा बहमुत देखाउनुपर्ने हुन्छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १३:१५ मा प्रकाशित

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...