back
CTIZAN AD

बुधबारे जेसीजद्वारा गुरुकुलका विद्यार्थीलाई सम्मान तथा खाद्यान्न वितरण

वि.सं.२०७७ माघ ५ सोमवार

726 

shares

५ माघ, बुधबारे । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ ।

पूर्वीय दर्शनका सफल व्याख्याता भएर विश्वमा पूर्वीय दर्शनको महत्व र गरिमालाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा लागेको भन्दै गुरुकुलका विद्यार्थीहरुलाई रुद्राक्षको माला, गीताको किताव प्रदान गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरीएको हो ।
बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व, कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालको संयोजकत्वमा आनन्देश्वर शिव मन्दिरका अध्यक्ष पहलमान बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Image may contain: 12 people, people sitting

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले सबै धर्मको सार तत्व अहिंसा परमो धर्म भएको बताउँदै पूर्वीय दर्शनको विषयमा सिंगो विश्वले खोज अनुसन्धान गरिरहेको सन्दर्भमा पूर्वीय दर्शनका अनेकन महत्वपूर्ण विषयमा विश्वलाई चिनाउन, दर्शाउन र बुझाउन आवश्यक भएको बताए ।

समाजले पूर्वीय दर्शनका व्याख्यातासँग ठूलो आशा र भरोसा राखेकाले विश्वलाई पूर्वीय दर्शनका विषयमा बुझाउन जिम्मेवारीमा रहेकाले सक्नुपर्ने धारणा राखे । वाग्लेले जो जेमा दक्ष छ उसले थप दक्षता हासिल गरेर आप्mनो कर्तव्य पूरा गर्न लाग्नुपर्ने बताएका छन् ।

Image may contain: 3 people, people sitting

कार्यक्रमका प्रमुख अतिथि बरालले बुधबारे जेसीजले गरेको कार्यप्रति प्रसंशा गरे । उनले युवाहरुले धेरै गर्न सक्ने र गर्नुपर्ने धारणा राखे ।

No description available.

कार्यक्रमका विशेष अतिथि गुरुकुलका गुरु लक्ष्मी तिम्सिनाले जेसीजले गरेको यस कार्य प्रति खुसी व्यक्त गर्दै सबैले पूर्वीय दर्शनको महत्व विश्वसामू बुझाउन लाग्नुपर्ने बताए । कार्यक्रममा गुरुकुलका गुरु नीधिराज सुवेदी, बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, प्रकाश भण्डारी, हेमन्तराज बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई लगायतको आतिथ्यता थियो ।

Image may contain: 16 people, including Tika Ram Pradhan, Laxman Sapkota, नेपाली जनसम्पर्क समिती जापान, Biresh Prasad Dahal and Om Adhikari, people standing, text that says 'JCIV बुधबारे जेसीज म'

 

वि.सं.२०७७ माघ ५ सोमवार १५:५० मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...