back
CTIZAN AD

संवैधानिक इजलासमा पुग्यो सुवास नेम्वाङको भिडियो

वि.सं.२०७७ माघ ५ सोमवार

798 

shares

माघ ५, काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको भिडियो संवैधानिक इजलासमा पुगेको छ । अधिवक्ता दिनमणि पोखरेलले सोमबारको इजलासमा ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्दैन भन्ने’ नेम्वाङको भनाईलाई पढेर सुनाएका थिए ।

उनले भनाई सुवास नेम्वाङको नभई संविधान सभा अध्यक्षको भएको भन्दै प्रमाणका रुपमा राख्नुपर्ने बताएका थिए । ‘यो कुरा सुवास नेम्वाङले भनेको होइन, संविधान सभाको चेयर पर्सनले भनेको हो’, उनले भनेका छन् ।

बसहका क्रममा अधिवक्ता पोखरेलले नेम्वाङको भिडियोबारे ‘मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान् ?’ भनि प्रश्न तेर्साएका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्व सर्वोच्चमा रिट दायर भएसँगै संविधान सभा अध्यक्षसमेत रहेका नेता नेम्वाङको भिडियो भाइरल बनेको थियो । २०७६ साल साउन ४ गते धुलिखेलमा भएको युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा उनले प्रतिनिधि सभा विघटनबारे बोलेका थिए ।

यस्तो छ भाइरल बनेको उनको भिडियो

तर, नेम्वाङले संसद विघटनपश्चात भने आफ्नो धारणा राखेका छैनन् । उनी अदालती बहसमा गएको भन्दै पन्छिने गरेका छन् ।

भिडियो भाइरल बनेपछि संसार न्यूजसँगको कुराकानीमा उनले अदालतलाई प्रभाव पार्नुहुँदैन् भन्ने विश्वासका कारण नबोलेको बताएका थिए । ‘सम्मानित सर्वोच्च अदालतलाई निर्णय गर्न उपयुक्त वातावरण हामीले बनाईदिनु पर्छ, सर्वोच्चले जे छिनोफानो गर्छ त्यो छिनोफानो सबैका लागि स्वीकार्य हुन्छ, त्यसकारणले सर्वोच्चमा विचाराधिन विषयमा म बोल्दीन, अदालतलाई प्रभाव पार्नुहुँदैन् भन्ने कुरामा म विश्वास गर्छु’, उनले भनेका छन् ।

सार्वजनिक भिडियोमा नेम्वाङले संसद विघटन गर्न मिल्दैन भन्ने अभिव्यक्ति दिएका छन् । ‘अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्, संविधानमा यो व्यवस्था छैन, पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ’, उनले भिडियोमा भनेका छन् ।

तर, संसद विघटनपश्चात भने उनले संसद विघटन गर्न पाईने कि नपाईने भन्ने हालसम्म कुनै अभिव्यक्ति दिएका छैनन् । विघटनको विषय अदालती भएको भन्दै नेम्वाङले बोल्न इन्कार गर्दै आएका छन् । तर, स्वयं नेम्वाङ भने विघटन पक्षधरमा उभिएका छन् । जसप्रति धेरैले प्रश्न गरेका छन् ।

याे पनि…

संसद विघटनबारे नेम्वाङले के भनेका थिए ? हेर्नुहोस् भाइरल भिडियो

आफ्नो भिडियो भाइरल बनेपछि नेम्वाङले भने – अदालतलाई प्रभाव पार्नुहुँदैन् भनेर बोलिन !

वि.सं.२०७७ माघ ५ सोमवार १५:५२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...