back
CTIZAN AD

आफ्नो भिडियो भाइरल बनेपछि नेम्वाङले भने – अदालतलाई प्रभाव पार्नुहुँदैन् भनेर बोलिन !

वि.सं.२०७७ पुस २२ बुधवार

996 

shares

पुस २२, काठमाडौं । संविधान सभा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेकोले आफुँले नबोलेको बताएका छन् । संसद विघटन गर्न मिल्दैन् भन्ने अभिव्यक्तिसहितको भिडियो भाइरल बनेको सन्दर्भमा प्रश्न गर्दा उनले यस्तो बताएका हुन् ।

नेम्वाङले सार्वजनिक भिडियो सहि भएको पनि बताए । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङले पूर्वअवस्थामा जे भनेको भएपनि अदालतमा बसह सुरु भएपछि बोल्न नहुने आफ्नो धारणा रहेको सुनाए।

‘भाइरल भिडियो सहि हो, त्यो अहिले होइन् पहिला भनेको हो’, संसार न्यूजसँगकाे कुराकानीमा नेम्वाङले भने, ‘सम्मानित सर्वोच्च अदालतलाई निर्णय गर्न उपयुक्त वातावरण हामीले बनाईदिनु पर्छ, सर्वोच्चले जे छिनोफानो गर्छ त्यो छिनोफानो सबैका लागि स्वीकार्य हुन्छ, त्यसकारणले सर्वोच्चमा विचाराधिन विषयमा म बोल्दीन, अदालतलाई प्रभाव पार्नुहुँदैन् भन्ने कुरामा म विश्वास गर्छु ।’

उनले पूर्ववत अवस्थामा आफुँले जे बोलेको भएपनि अहिले ठिक बेठिक के हो भन्ने अदालती बहसको विषय भएको बताए । ‘त्यतिबेला उठाइएका ति विषयहरु र अहिले प्रधानमन्त्री ओलीजीले विघटन गर्दा उहाँले राख्नु भएका कुराहरु के–के कुरा ठिक हो ? संविधानको ठ्याक्कै स्थिति के हो ? भनेर यसबारेमा सम्मानीत सर्वोच्च अदालतमा छलफल भईरहेको छ’, उनले भने ।

सार्वजनिक भिडियोमा नेम्वाङले संसद विघटन गर्न मिल्दैन भन्ने अभिव्यक्ति दिएका छन् । ‘अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्, संविधानमा यो व्यवस्था छैन, पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ’, उनले भिडियोमा भनेका छन् ।

तर, संसद विघटनपश्चात भने उनले संसद विघटन गर्न पाईने कि नपाईने भन्ने हालसम्म कुनै अभिव्यक्ति दिएका छैनन् । विघटनको विषय अदालती भएको भन्दै नेम्वाङले बोल्न इन्कार गर्दै आएका छन् । तर, स्वयं नेम्वाङ भने विघटन पक्षधरमा उभिएका छन् । जसप्रति धेरैले प्रश्न गरेका छन् ।

यस्तो छ भाइरल बनेको उनको भिडियो

 

वि.सं.२०७७ पुस २२ बुधवार १३:५४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...