back
CTIZAN AD

बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङ समस्या

वि.सं.२०७७ पुस २२ बुधवार

792 

shares

२२ पौष, भजनी । कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । सङ्घीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो ।

बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक सवारी साधन पार्किङका लागि समस्या हुँदै आएको भए पनि नगरपालिकाको ढिलासुस्तीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । रु आठ करोड २८ लाखको लागतमा निर्माण सम्पन्न भएको बसपार्क सधैँ खाली देखिन्छ भने बाहिर सडकका छेउछाउमा सधैँ सवारी साधनको चाप देखिने गरेको छ । दैनिक एक सयभन्दा बढी यात्रुवाहक सवारी साधनहरु टीकापुर आउने जाने गर्दछन् । ती सबै सवारीको पार्किङ स्थल सडक छेउ नै हो ।

रिभर साइड यातायात प्रालिमा काम गर्दै आएका गोकर्ण धमलाले बसपार्कको बोलपत्र भई कार्यान्वयनमा नआउँदा पार्किङको धेरै ठूलो समस्या रहेको बताउँदै दुर्घटनाको जोखिम पनि बढेको बताछन । उनीसडकमा सवारी साधन पार्किङ गर्दा पार्किङ गरिएका सवारीमा गाडीहरु ठोक्किएर कैयौँ दुर्घटनाहरु भएको बताए । सुदूरपश्चिम यातायात प्रालि टीकापुर काउन्टरमा कार्यरत भरत हमालले बसपार्क नभएका कारण यात्रुकसमेत अलमलमा पर्ने गरेको बताए। “बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था छैन । सवारी चालकहरुले कताकता लिएर सवारी साधन लिएर पार्किङ गर्नुपर्ने अवस्था छ”, हमालले भने, “यसले यात्रुहरु पनि अलमलमा छन्, कहाँ गएर बस चढ्ने भन्नेमा ।”

टीकापुर नरगपालिकालाई बसपार्क निर्माणको जिम्मा पाएको राजेन्द्र रोयल जेभीले बसपार्क निर्माण सम्पन्न गरी गत भदौ ३ गते नै हस्तान्तरण गरेको थियो । नगरपालिकाले बसपार्कको चाभी ग्रहण गरे पनि बसपार्कमा सम्भावित जोखिमका कारण निर्माण कम्पनीले अझैसम्म आफ्नो एकजना कर्मचारीलाई बसपार्कमै खटाएको छ । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बसपार्कको बोलपत्र प्रक्रिया शुरु भएको बताउँदै अबको केही दिनमा बसपार्क सञ्चालनमा आउने बताएका छन् ।

बसपार्कसँग जोडिएको छ लेनको सडक निर्माणको काम चलिरहेको अवस्थामा बसहरु पार्किङमा झनै समस्या आएको चालक विकास चौधरी बताछन् । अत्याधुनिक तवरले निर्माण गरिएको भनिएको बसपार्कको उचित संरक्षण हुन नसक्दा ठाउँठाउँमा टायलहरु भत्किन थालेका छन् । नगरपालिकाले दुई वर्ष पहिले निर्माण गरेको सिटी बसपार्क पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले सिटी बसपार्क निर्माणका लागि रु २० लाख खर्च गरेको थियो ।रासस

वि.सं.२०७७ पुस २२ बुधवार १३:४९ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...