back
CTIZAN AD

सेयरबजार परिसूचक उकालो लाग्नेक्रम आज पनि रोकिएन, अधिकांस कम्पनीको कारोबार हरियै

वि.सं.२०७७ माघ ५ सोमवार

753 

shares

५ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) उकालो लाग्ने क्रम जारी रह्यो । आईतबार २८.४६ अंकले बढेको बजार सोमबार १७.३१ अंकले बढेर २३३२.३१ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज कूल २०७ कम्पनीको ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैंयाँ बराबरका १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । तिनको कारोबारमा ५१ हजार ८ सय १३ पटक लेनदेन भएकोछ ।

सोमबार जलबिद्युत बाहेक सबै कम्पनीको सूचकमा हरियाली छाएको छ । तिनीहरु मध्ये जीवन बीमा कम्पनीको सूचक १९९.४७, ब्यापारको १८१.०४ तथा निर्जीवन बीमा कम्पनीको १२६.१३ अंकले बढेर शिर्ष स्थानमा रहे ।

कारोबार रकमको आधारमा प्रभु बैंक, नेपाल टेलीकम र एनआईसि एसिया बैंक शिर्ष स्थानमा रहे भने कारोबार संख्यको आधारमा प्रभु बैंक, नेपाल टेलीकम र पूनर्बीमा कम्पनी शिर्ष स्थानमा रहे ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:५३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...