back
CTIZAN AD

भारतमा सुतिरहेका मजदूरमाथि ट्रक चढ्दा १५ जनाको मृत्यु, ५ जना घाईते

वि.सं.२०७७ माघ ६ मंगलवार

720 

shares

६ माघ, काठमाडौं । भारतको गुजरातमा सुतिरहेका मजदूरमाथि ट्रक चल्दा १५ जनाको मृत्यु भएको छ ।

गुजरातको सुरतबाट ६० किमी टाढा रहेको कोसांबा क्षेत्रमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै १२ जना र अस्पतालमा उपचारका क्रममा ३ जना गरी १५ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय प्रहरीका अनुसार सोमबार राति किम–मान्डबी रोडमा भएको उक्त घटनामा फुटपाथमा सुतिरहेका मजदूरमाथि ट्रक चलेको थियो । उनीहरु राजस्थानको बासबान्डा जिल्लाको कुशलगढका मजदुर रहेका थिए ।

उक्त घटनामा १ वर्षीय बालक र २ वर्षीया बालिकाको पनि ज्यान गएको बताइएको छ ।

ट्यांकरसँग ठोक्किएर अनियन्त्रित भएको ट्रक फुटपाथमा चढ्दा उक्त घटना भएको बताइएको छ । घटना पश्चात ट्रकका ड्राइभर र खलासीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार ११:१९ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...