back
CTIZAN AD

प्रदेश १ को राजनीति : प्रचण्ड–नेपाल पक्षमा देखिए ३३ सांसद

वि.सं.२०७७ माघ ६ मंगलवार

855 

shares

माघ ६, काठमाडौं । विभाजिन नेकपाको प्रचण्ड–नेपाल पक्षको प्रदेश १ को संसदीय दलको बैठक सुरु भएको छ । बैठक विराटनगरस्थित होटल एसियाटिकमा सुरु भएको छ । बैठकमा ३३ सांसद उपस्थित भएका छन् ।

गत पुस १२ मा मुख्यमन्त्री शेरधन राईविरुद्व प्रचण्ड–नेपाल पक्षीय नेकपाका बहुमत सांसद अर्थात ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, मंगलबार बसेको बैठकमा हस्ताक्षर गरेका ४ सांसद भने अनुपस्थित भएका हुन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ५ सांसदले यसअघि नै हस्ताक्षर फिर्ता गरेका थिए ।

याे पनि पढ्नुहाेस्

यी हुन् शेरधन राईविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

प्रदेश १ को प्रदेशसभामा ९३ सांसदमध्ये नेकपाका ६७ जना सांसद छन् । पछिल्लो संसदीय दलको बैठकले प्रचण्ड–नेपाल पक्षमा ३३ सांसदको मात्रै समर्थन रहेको देखिएको छ ।

प्रदेश १ को हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । प्रचण्ड–नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । तर, अविश्वासको प्रस्ताव दर्तासँगै अल्पमतमा देखिएका राईको सरकार रहन्छ या रहँदैन् कांग्रेसको हातमा निर्भर रहनेछ ।

सम्बन्धित समाचार

प्रदेश १ को राजनीति : प्रचण्ड–माधव समूह छाड्दै तीन सांसदले दिने भए शेरधनलाई साथ

वि.सं.२०७७ माघ ६ मंगलवार १४:४२ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...