५ माघ, काठमाडौं । पूर्वसचिव भिम उपाध्याले पर्वतको भुर्तेल थोकको आरुगैह्रामा बन्न लागेको दलित वस्ति निर्माणको अभियानमा हातेमालो गर्न सबैलाई अपिल गरेका छन् ।
निर्भिक नारायण भुर्तेल फाउन्डेशनद्धारा निर्माण कार्य थालनी गरिएको उक्त दलित वस्तिको निर्माण अभियानमा पर्वतका समाजसेवी, ठूला नेता र कर्मचारीको तर्फबाट विशेष सहयोग हुने अपेक्षा गरेको समेत उपाध्यायले सामाजिक संजालमा लेखेका छन् ।
‘म हामी सबै मिलेर दलित परिवारका लागि सुरक्षित घर बनाइदिने काममा हातेमाले गर्न अपिल गर्दछु । पर्वतका समाजसेवी, ठूला नेता र कर्मचारीहरुको तर्फबाट विशेष सहयोग पाउने ठूलो अपेक्षा छ । यो कार्यमा नेपालका निर्माण ब्यावसायी, आवास बिकास कम्पनीहरूको अग्रसरता हुने आशा लिएको छु ।’उपाध्याले लेखेका छन् ।
#दलितकालागिआवास
पर्वत जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित एउटा सिंगो विपन्न १५ दलित…Posted by Bhim Upadhyaya on Monday, January 18, 2021
वि.सं.२०७७ माघ ६ मंगलवार १३:३२ मा प्रकाशित





























