back
CTIZAN AD

रिषभ पंतले दिलाए भारतलाई चौथो टेस्टमा जित, श्रृखला पनि भारतले गर्यो आफ्नो नाममा

वि.सं.२०७७ माघ ६ मंगलवार

657 

shares

६ माघ, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचका चौथो तथा अन्तिम टेस्टमा भारतले ३ विकेटल जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले आफ्नो पहिले इनिङ्गमा ११५.२ ओभर खेल्दैँ ३६९ रन बनाएर अलआउट भएको थियो । पहिलो इनिङ्गमा अष्ट्रेलियाका लागि ब्याटिङ्गमा मार्नश लबुशेनले सर्वाधिक १०८ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा शार्दुल ठाकुर, वाशिंग्टन सुन्दर र टि नटराजन सर्वाधिक ३ ३ विकेट हात पारेका थिए ।

अष्ट्रेलिया अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको भारतले ३३६ रनमा अलआउट भएको थियो । ब्याटिङ्गमा भारतका लागि पहिलो इनिङ्गसमा शार्दुल ठाकुरले सर्वाधिक ६७ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा जस हेजलवुले सर्वाधिक ५ विकेट लिएक थिए ।

भारत ३३६ रनमा अलआउट भएपछि पहिलो इनिङ्गसमा ३३ रनले लिड लिएको अष्ट्रेलिया आफ्नो दोस्रो इनिङ्गसमा २९४ रनमा अलआउट भएको छ । दोस्रो इनिङ्गसमा अष्ट्रेलियाका लागि स्टिवन स्मिथले सर्वाधिक ५५ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा मोहम्मद शिराजले सर्वाधिक ५ विकेट हात भएका थिए ।

पहिलो इनिङ्गसमा ३३ रनको लिड र दोस्रो इनिङ्गमा २९४ रन जोड्दैँ अष्ट्रेलियाले भारतलाई अन्तिम टेस्टमा जितको लागि ३२८ रनको लक्ष्य दिएको थियो ।

अष्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य भारतले ९७ ओभर खेल्दैँ ७ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि ब्याटिङ्गमा शुभमन गीलले सर्वाधिक ९१ रन बनाएका थिए भने चेतेश्वर पुजरा ५६ रन बनाएर आउट भएका थिए ।

देवै खेलाडी आउट भएपछि ब्याटिङ्ग गर्न आएका रिषभ पंतले १३८ बलमा ८९ रनको उत्कृष्ट पारी खेल्दैँ टिमलाई जित दिलाएका छन । ८९ रनकाे पारिमा उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए ।

जितसँगै भारतले अष्ट्रेलिया विरुद्धको ४ खेलको टेस्ट श्रृखला पनि २-१ ले आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १३:२६ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...