back
CTIZAN AD

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु

वि.सं.२०७७ माघ ६ मंगलवार

798 

shares

माघ ६ गते, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । आइतबारदेखि निरन्तर बहस भईरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन् ।

यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस गरेका थिए। दुवै अधिवक्ताले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताएका थिए ।

अधिवक्ता पोखरेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको भिडियोलाई प्रमाणका रुपमा इजलासमा प्रवेश गरेका थिए । उनले उनको भिडियालाई प्रमाणका रुपमा अघि सार्नुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि विघटन असंवैधानिक भएको भन्दै अदालतमा रिट परेका थिए । झण्डै एक दर्जन हाराहारीमा परेका रिटमाथि आइतबारदेखि अदालतको संवैधानिक इजलासमा सुनुवाई भईरहेको छ ।

सम्बन्धित समाचार

संसद विघटनसम्बन्धी मुद्दालाई बृहत पूर्णं इजलासमा लैजान सर्वोच्चले गर्यो अस्वीकार

संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन संवैधानिक इजलास तयार

संवैधानिक इजलासमा पुग्यो सुवास नेम्वाङको भिडियो

वि.सं.२०७७ माघ ६ मंगलवार १३:२० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...