back
CTIZAN AD

बैदाम प्रहरी महिला इन्चार्जमा प्रमुख तामाङ

वि.सं.२०७७ माघ ६ मंगलवार

672 

shares

६ माघ, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन् ।

केही दिनअघि मात्र जिम्मेवारी सम्हालेका प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च ओटेफले कार्यकालको शुभकामनासहित पोखरामा स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष पार्वती पाण्डेले सुरक्षा चुनौती रहिरहने लेकसाडइको वडा प्रहरी कार्यालयमा पहिलोपल्ट महिला इन्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचैनमा थप सुधार आउने विश्वास व्यक्त गरिन् ।

“हामीले पहिलोपटक महिला इन्चार्ज पाएका छाँै, यो निकै खुशीको कुरा हो, महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौँ”, पाण्डेले भनिन् ।

इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताइन् । उनले भनिन्, “यो स्वागतले मलाई अझै बढी जिम्मेवार बनाएको छ ।

आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिँदै अपराध न्यूनीकरणका लागि पहल गर्नेछु ।” उनले आफू आएदेखि चोरीडकैती ‘केस’ अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी राख्नसमेत आग्रह गरिन् ।

उनले भनिन्, “नेपाल प्रहरीले सीमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसी टिभी राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ ।”

उनले समाजलाई अपराधरहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताइन् । “हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दीविनाका प्रहरी हुन्, अपराधरहित समाजका लागि हामी सबैको हातेमालो आवश्यक छ ।”

उनले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चुनौतीका रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबमा नपरी नागरिकका लागि काम गर्ने बताइन् ।

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपानेलगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरेका थिए ।

लेकसाइडमा राति ‘मोडिफाई’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोबारका ध्वनि प्रदूषणसँगै लागू औषध, मादक पदार्थ सेवन गरेर मध्यरातमा होहल्ला गर्ने र चोरीडकैतीसमेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।
रासस

वि.सं.२०७७ माघ ६ मंगलवार १३:०८ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...