back
CTIZAN AD

संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन संवैधानिक इजलास तयार

वि.सं.२०७७ माघ ४ आइतवार

1.2K 

shares

माघ ४, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि सुनुवाईका क्रममा अधिवक्ताहरुले संविधान निर्माणका समय भएको छलफलको रेकर्ड माग गरेपछि उनले यस्तो बताएका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन्। त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने – संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन् । हामीले नोट गरेका छौं । आवश्यक परे मगाउँछौं ।’

संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको थियो। उनीहरूले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिँदा राजनीतिक अस्थिरता कायम रहने भन्दै लामो छलफल पछि प्रधानमन्त्रीको अधिकार कटौती गरिएको बताएका थिए ।

संविधान निर्माणपश्चात सार्वजनिक संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भिडियोमा पनि प्रधानमन्त्रीले चाहँदैमा संसद विघटन नहुने बताएका थिए । जुन अहिले निकै चर्चामा छ ।

प्रधानमन्त्रीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि दलहरुले विरोध जनाउँदै आएका छन् । दलहरुले संसद विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको बताएका छन् । संविधान विद्हरुले पनि अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्था नै नरहेको बताउँदै आएका छन् ।

यसअघि शुक्रबारको इजलासले बृह्त पूर्ण इजलासको माग अस्वीकार गर्दै संवैधानिक इजलासबाटै मुद्दाको सुनुवाइ गर्ने आदेश दिएको थियो ।

वि.सं.२०७७ माघ ४ आइतवार १३:४४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...