back
CTIZAN AD

आज देशैभरी ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु

वि.सं.२०७७ माघ ६ मंगलवार

756 

shares

६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ९५६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २१८ जनासहित देशैभरी ३४८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२९ र २१९ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, बागमती प्रदेशमा ३४९ जना, गण्डकी प्रदेशमा ४१ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा ७ गरी जम्मा ३४८ संक्रमित थपिएका हुन् ।

आज थपिएका ३४८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९६९ पुगेको छ ।

आज देशैभरी ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना निको, ६ जनाको मृत्यु

वि.सं.२०७७ माघ ६ मंगलवार १६:२९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...