back
CTIZAN AD

शान्ति समाजद्वारा ३७ विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

वि.सं.२०७७ माघ ६ मंगलवार

816 

shares

६ माघ, काठमाडौं । ‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिए । यो क्रम पाँच वर्षसम्म अर्थात् ती विद्यार्थी १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहनेछ ।

यस वर्ष मोरङ जिल्ला कटहरी गाउँपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाउँपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकालाई रु १२ हजारका दरले कूल रु चार लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिनेछ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले दुई, शुभचिन्तकहरु अनुजा खनाल थापाले दुई, सम्वत थापाले दुई, अपूर्वा शर्माले दुई र एकजना शुभचिन्तकबाट दुई जनालाई पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ । समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद खनाल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्वसभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणिराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौँलागाईं, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।

समाजद्वारा पहिलो चरणमा पाँचवर्षे छात्रवृत्ति अभियानका लागि पाँच वर्षभित्र रु २२ लाख २० हजारको सहयोगको प्रतिबद्धता व्यक्त गर्ने सबैमा धन्यवाद एवं आभार व्यक्त गरिएको पनि उनले बताए । सहयोगी हात थपिँदै गएमा छात्रवृत्ति सङ्ख्या पनि वृद्धि गर्दै अभियान अन्य जिल्लामा समेत विस्तार गरिने समाजले जनाएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १६:३१ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...