back
CTIZAN AD

ओलीलाई प्रचण्डको प्रश्न : अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेको के हो ?

वि.सं.२०७७ माघ ६ मंगलवार

813 

shares

माघ ६, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अदालत र निर्वाचनलाई प्रभावमा पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार आफुँ पक्षीय पत्रकार संगठन प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले ओलीपक्षप्रति आपत्ति जनाएका हुन् ।

ओली पक्षले अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेर प्रचार गरेको भन्दै प्रचण्डले ‘सेटिङ्ग के हो ?’ भनि प्रश्न पनि गरे ।

‘केपी र केपी नजिकमा मान्छेले अहिले अदालतलाई धम्क्याउने, निर्वाचन आयोगलाई प्रेसर गर्ने काम गर्दै हिँड्नु भएको छ’, प्रचण्डले भने, ‘उहाँहरुले गाउँ गाउँमा जिल्ला जिल्लामा हाम्रो सेटिङ्ग भईसकेको छ, चुनाव चिन्ह सुर्य हाम्रै हुन्छ भनेको के हो ? अदालतमा हाम्रो सेटिङ्ग छ जे भन्यो त्यहि हुन्छ भनेर हिँड्छन् किन ?’

उनले आफुँहरुले अदालत र निर्वाचन आयोगलाई विश्वास मानेको बताए ।

‘परिवर्तनको रक्षाको लागि जनअदालत जान्छौं’

प्रचण्डले परिवर्तनको रक्षाका लागि आफुँहरु जनअदालतमा जान तयार रहेको बताएका छन् । उनले हालसम्मका परिवर्तन जनताको आन्दोलन र विद्रोहबाट भएको भन्दै आफुँहरु जनअदालत जान तयार रहेको बताए ।

‘यो परिवर्तन कुनै पनि वैद्यानिक संस्थाबाट आएको परिवर्तन थिएन, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र यो जनताको विद्रोहबाट आएको हो’, प्रचण्डले भनेका छन्, ‘यसको रक्षाको लागि हामी जनतामै जान्छौं, जनअदालत जान्छौं ।’

उनले अन्तिमसम्म पनि आफुँहरुले निर्वाचन आयोग र अदालतलाई हेरिरहने बताए । ‘जनताले मात्रै सहि फैसला दिन सक्छ भनेर हामीले जनतालाई अपिल गरिरहेका छौं सँगै निर्वाचन आयोग र अदालतलाई अविश्वास गरेका छैनौं, हामी जनतामा जानुले उहाँहरुलाई स्वतन्त्र निर्णय गराउन सहयोग पनि पुग्छ’, प्रचण्डले भने ।

वि.सं.२०७७ माघ ६ मंगलवार १७:०४ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...