back
CTIZAN AD

नगरपालिकाले सुरु गर्यो विद्यार्थीको रक्त समूह पहिचानको अभियान

वि.सं.२०७७ माघ ७ बुधवार

747 

shares

७ माघ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान शुरु गरेको छ ।

नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान गर्ने उद्देश्यले मङ्गलबारदेखि नगरपालिकाले औपचारिकरूपमा रगत परीक्षण अभियान शुरु गरेको हो ।

नगरपालिकाको वडा नम्बर–१ दिक्तेलस्थित पञ्च माविबाट शुरुआत गरिएको अभियान नगरप्रमुख दीपनारायण रिजालले ब्यानर खोलेर शुभारम्भ गरेका हुन् । नगरपालिकाको स्वास्थ्य शाखा र रक्त सञ्चार केन्द्रको सहकार्यमा अभियान शुरु गरिएको हो ।

पञ्च माविमा कक्षा–८ मा अध्ययनरत छात्र प्रविन आचार्य र छात्रा गङ्गा आचार्यको शुरुमा रक्त समूह पहिचान गरिएको थियो । प्रविनको ‘ओ’ पोजेटिभ तथा गङ्गाको ‘बि’ पोजेटिभ रहेको कार्डसमेत नगरप्रमुख रिजालको हातबाट हस्तान्तरण गरिएको छ ।

नगरपालिकाभित्र ९३ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सबै विद्यालयका गरी आठ हजार ८४६ जना विधार्थीको क्रमशः रक्त समूह पहिचान गरिने नगर स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सम्पूर्ण विधार्थीको रक्त समूह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखि विधार्थीको परिचयपत्रमा रक्त समूह उल्लेख गरिने जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया र सशस्त्र प्रहरी प्रमुख सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको छ ।

कोरोना भाइरस आउनुभन्दा अगाडिबाटै शुरुआत भएको ‘स्कूल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समूह पहिचान अभियान थालिएको नगरप्रमुख रिजालले बताए । “जिल्लामा दाताको भरमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिएको छ”, उनले भने “विद्यार्थीको परिचयपत्रमा नै रक्त समूह उल्लेख गरेपछि दुर्घटना जस्ता आपतकालीन अवस्थामा रगत सङ्कलन तथा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।”

यसअघि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङमा रक्त सङ्कलन केन्द्र स्थापना गरिएको गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको नेतृत्वमा सञ्चालन हुने गरी स्थापना गरिएको रक्त सञ्चार केन्द्र चौबीसै घण्टा सञ्चालन हुने गरेको छ ।

जिल्लामै पहिलो पटक स्थापना गरिएको रक्त सञ्चार केन्द्रका लागि चौबीसै घण्टा काममा रहने गरी नगरपालिकाबाट तीन तथा अस्पतालबाट एक जना दक्ष कर्मचारी खटाइएको नगरप्रमुख रिजालले बताए । “रगत अभावमा कसैले पनि ज्यान गुमाउन तथा रगत खोज्न अन्यत्र जानु नपरोस् भन्ने उद्देश्य राखिएको छ”, उनले भने, “रक्त सञ्चार केन्द्रलाई थप प्रभावकारी तथा निरन्तर सेवा दिने बनाउन भक्तपुर शाखासँग सात बुँदे सम्झौता गरिएको छ ।”

जिल्लाको एक मात्र सरकारी अस्पतालमा यस अघिसम्म ब्लड बैंक (रक्त भण्डारण गृह) नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीले नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था थियो । जिल्लामा रक्तदान गर्ने व्यक्ति अधिक भए पनि भण्डारण गृह नहुँदा समस्या भएपछि रेडक्रसको पहलमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र पन्ध्र शय्याको अस्पताल सञ्चालनमा छ । पन्ध्र शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने विषयमा गत वर्ष नै मन्त्रिपरिषद्बाट निर्णय पारित भए पनि अहिलेसम्म काम अगाडि बढेको छैन । रासस

वि.सं.२०७७ माघ ७ बुधवार ०८:४१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...