back
CTIZAN AD

बेलायतमा हरेक आठमध्ये एक व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित

वि.सं.२०७७ माघ ७ बुधवार

690 

shares

७ माघ । सन् २०२० को डिसेम्बरसम्म बेलायतमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ ।

वैल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण भएको हुनसक्ने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) को तथ्याङ्कले देखाएको छ ।

बेलायतमा कोभिड–१९ को तेस्रो लहर छाएको छ र पछिल्लो समय देखिएका नयाँ प्रकारको भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ । सङ्क्रमण र मृत्युका घटनामा बढ्दो समस्याले थप चुनौती सर्जिना गरेको र मुलुकमा दैनिक कोभिड–१९ सङ्क्रमितको मृत्युको उच्च सङ्ख्या हुनुमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमण फैलिनु भएको हुनसक्ने भन्दै स्वास्थ्य प्रमुखहरूले अस्पतालका सघन उपचार कक्षहरूलाई सचेत बनाएका छन् ।

ओएनएसका अनुसार जनवरीको पहिला ८ दिनमा समग्र मृत्युदर पाँच वर्षको औसतभन्दा ४५ प्रतिशत बढी थियो । जबकि केन्द्रीय तथ्याङ्क कार्यालयले छुट्टीको अवधिमा अस्वाभाविक वृद्धि भएकोप्रति पनि सचेत गराएको छ । विशेषगरी पछिल्लो लहरले गम्भीर नतिजा देखाएको लन्डनमा मृत्युको सङ्ख्यामा ८५ प्रतिशतले वृद्धि भएको छ । यो सोही हप्ताको ऐतिहासिक औसतको तुलनामा अस्वभाविकरूपमा बढी हो ।

क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिलले गत हप्ता सार्वजनिक रिपोर्टमा लन्डनमा सङ्क्रमित जनसङ्ख्याको अनुपात ३० प्रतिशत रहेको अनुमान गरेको छ ।

बेलायतले अहिलेसम्म कूल ९० हजारभन्दा बढीको मृत्यु भएको छ र यो महामारीका कारण धेरै प्रभावित मुलुकमध्ये अग्रस्थानमा पर्छ ।

वि.सं.२०७७ माघ ७ बुधवार ०९:४९ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...