back
CTIZAN AD

केपी ओलीको चुनाव घोषणा विषको घैटोमाथि अमृत राखेर पिएजस्तै-डा. बाबुराम भट्टराई

वि.सं.२०७७ माघ ७ बुधवार

693 

shares

७ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपीओलीद्धारा गरिएको चुनाव घोषणा विषको घैटोमा माथिबाट थोरै अमृत राखेर पिएजस्तो रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनका विरुद्धमा पार्टीद्धारा बुधबार देशका ७७ वटै जिल्लामा आयोजित जनसभा अन्तर्गत टिकापुरको जनसभालाई सम्बोधन गर्दै डा. भट्टराईले अब चुनाव हुने र चुनावमा गएपछि कांग्रेस नै पहिलो पार्टी हुन्छ र सरकार चलाउँछ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गर्दै यो केपी ओलीको सर्वसत्तावाद सासन कायम गर्नका लागि चुनावको घोषणा भ्रम मात्रै रहेको समेत बताए ।

‘हिजो ज्ञानेन्द्र साहले पनि चुनाव घोषणा गरेका थिए । त्यो चुनाबमा तपाइ हामीले भाग लिएनौ, पंचायतले पनि चुनाव घोषणा गरेको थियो हामीले भाग लिएनौं । यो चुनाव त विषको घैटामा माथि अलिकति अमृत राखेर पिएजस्तो केपी ओलीले आफूलाई सर्वसत्तावादी सासन कायम गर्ने हो । चुनाव त एउटा भ्रम मात्रै हो ।’

डा. भट्टराईले न्यायालयको सम्मान तथा आस गर्नुपर्ने बताउँदै यसको ढाँचा परम्परावादी र प्रक्रियामुखी रहेकोले सत्य र न्यायको पक्षमा फैसला हुन्छ भन्ने ढुक्क नभएको बताए ।

‘त्यहि खबरदारी गर्नको निम्ति अनि सर्वोच्च अदालतका न्यायाधिशको कानमा पार्नका निम्ति पनि हामीले यो कार्यक्रम गरेका हौं,’ सम्बोधनका क्रममा डा. भट्टराइले भने, ‘ हामी जनप्रतिनिधिहरु बसेर यो संविधान हामीले बनाएको हो । हामीलाई थाहा छ, संविधानका परिकल्पनाकार, मस्यौदाकार र संविधान समितिको सभापति भएकोले मलाई एक÷एक अक्षर थाहाछ ।’

वि.सं.२०७७ माघ ७ बुधवार १५:४९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...