back
CTIZAN AD

दोहोरो अंकको बृद्धिसंगै, नेप्से पुनः लयमा फर्कियो

वि.सं.२०७७ माघ ७ बुधवार

687 

shares

७ माघ, काठमाडौं । अघिल्लो दिन झिनो अंकले ओरालो लागेको सेयबजार (नेप्से) बुधबार भने लयमा फर्किएको छ ।  बुधबार सेयरबजार परिसूचक नेप्से १५.८७ अंकले बढेर २३४२.७६ बिन्दुमा पुगेको हो ।

आज कूल २११ कम्पनीका ६ अर्ब २१ करोढ ९ लाख ६६ हजार २६ रुपैंयाँ बराबरका १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएको तथा तिनको कारोबारमा ५३ हजार ३३४ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ्, ब्यापार, होटल्स, उत्पादन मूलक र अन्य समूहको सूचक नकारात्मक देखियो भने विकास बैंक, जलबिद्युत, बित्त कम्पनी, निर्जीवन बीमा, लघुबित्त, जीवन बीमा र सामूहिक लगानी कोषको सूचक सकारात्मक देखियो ।

आज सबैभन्दा धेरै बीमा कम्पनी समूहका लगानीकर्ताले कमाएका छन् । जसमध्ये जीबन बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ७२९.३७ अंकले कमाएका छ ,। त्यस्तै निर्जीवन बीमा कम्पनीका लगानीकर्ताले १८५.९८ अंकले कमाएका छन् ।

आजको कारोबारमा संख्याको आधारमा नेपाललाईफ शिर्ष स्थानमा रह्यो । त्यस्तै प्रभु बैंक, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड तथा शिखर इन्स्योरेन्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे । त्यस्तै कारोबार रकमको आधारमा सानिमा इक्विटी फण्ड, प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड तथा सिभिल बैंक शिर्ष स्थानमा रहे ।

बेस्ट फाईनान्स, कर्पोरेट डेभलोपमेन्ट बैंक तथा ग्रिन डेभलोपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाए भने विशाल बजार, कामना सेवा विकस बैंक, सिभिल लघुबित्त लगायतका कम्पनीका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।

वि.सं.२०७७ माघ ७ बुधवार १६:२२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...