back
CTIZAN AD

आज देशैभरी थपिए ३१८ कोरोना संक्रमित, ३८३ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

वि.सं.२०७७ माघ ७ बुधवार

756 

shares

७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार १२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी ३१८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११२ र २०६ जना पुरुष रहेका छन् ।

आज थपिएका ३१८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३८३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

आज देशैभरी ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु

वि.सं.२०७७ माघ ७ बुधवार १६:४८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...