back
CTIZAN AD

झण्डै ३२ अंकको बृद्धिसंगै नेप्से २४ सयको यात्रातर्फ

वि.सं.२०७७ माघ ८ बिहीवार

762 

shares

८ माघ, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार परिसूचक नेप्से झण्डै ३२ अंककले बढेर २४ सयको यात्रा तर्फ लम्किएको छ ।

बिहिबार परिसूचक ३१ दशमलब ८७ अंकले बढेर २३७४ दशमलब ६४ बिन्दुमा पुगेको हो ।

आज कूल सूचिकृत कम्पनीमध्ये २०९ कम्पनीका ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैंयाँ बराबरका १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । तिनको कारोबारमा ६९ हजार ३३३ पटक लेनदेन भएको छ ।
आज बैकिङ र समूहिक लगानीकोष बाहेक सबै समूहको सूचक उकालो लागेको छ । तिनीहरुमा बिमा कम्पनी समूहको सूचक उच्च छ ।

आज सबैभन्दाबढी निर्जीवन बीमा कम्पनी समूहले कमाएको छ भने त्यसलाई पछ्याउँदै जीवन बीमा कम्पनी दोस्रो भएको छ ।
कारोबार रकमको आधारमा नेपाल लाईफ इन्स्योरेन्स शिर्ष स्थानमा रह्यो । त्यस्तै निको इन्स्योरेन्स, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स लगायतका कम्पनीहरुले राम्रो कारोबार गरेका छन् ।

त्यस्तै शिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, प्रभू बैंक, अरुण काबेली पावर कम्पनी लिमिटेड लगायतका कम्पनीहरु कारोबार संख्याको आधारमा शिर्ष स्थानमा रहे ।

सपोर्ट माइक्रो फाईनान्स, स्वभिमान माइक्रो फाईनान्स, सिद्धार्थ इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।

नारायणी डेभलोपमेन्ट बैंक, नेपाल हाईड्रो डेभलोपर्स लिमिटेड, बरुण पावर कम्पनी लगायतका लगानीकर्ताले
गुमाएका छन् ।

आज सुचिकृतमध्ये १३६ कम्पनीले कमाएका छन् भने २८ कम्पनीले गुमाएका छन् । त्यस्तै १२ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन भएको छैन ।

वि.सं.२०७७ माघ ८ बिहीवार १६:०६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...