back
CTIZAN AD

जि टिभिमाथिको आलोचना गलत भन्दै ओलीले भने – के सगरमाथा खान्छु भनेको छ र ?

वि.सं.२०७७ माघ ८ बिहीवार

1.1K 

shares

माघ ८, काठमाडौं । भारतीय टेलिभिजन जि टिभीको विवादित भिडियो रिपोर्टबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलेको छन् । उनले जि टिभिको भिडियो रिपोर्टमाथि गरिएको आलोचना व्यर्थ भएको बताए ।

उनले जि टिभिले एभरेष्टको नाउँबारे उठाएको प्रश्न जायज नै भएको पनि बताए ।

आफुँ पक्षीय प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मैंले अस्ति एक विदेशी टेलिभिजनलाई अन्तरवार्ता दिएँ, आलोचना गर्ने ठाउँ कहिँ भेटिएनछ, अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाउँमा किन राखेको ? हाम्रो मान्छेले पहिलो पटक नापेको थियो भनेछ, हामीले त कमसेकम भने हुन्थ्यो । के बोलेछ, यहाँ राष्टवादको बर्बण्डर मच्चियो ।’

उनले भिडियो रिपोर्टमा जि टिभीले सगरमाथा खान्छु नभनेको बताए । उनका अनुसार नेपालीहरु बेकारमा बहकिए । भिडियो रिपोर्टबारे बोल्दै उनले भने, ‘के उसले सगरमाथा खान्छु भनेको छ र ? यति साह्रो बहकिनु पर्ने पनि आवश्यकता छैन् । वाइघातमा बहकिएर ।’

राष्ट्रवाद भनेको तामासा र नाटक नभएको प्रधानमन्त्रीको भनाई छ । ‘राष्ट्रवाद भनेको तमासा गर्ने कुरा हो ? राष्ट्रवाद ड्रामा हो ? राष्ट्रको पक्षमा, स्वभिमानको पक्षमा साँचो अर्थमा उभिने कुरा राष्ट्रवाद हो’, उनले भनेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डलाई ओलीको प्रश्न : लड्ने बेलामा अरुका छोराछोरी अनि पद बाँड्ने बेलामा आफ्ना छोरी ज्वाईँ ?

वि.सं.२०७७ माघ ८ बिहीवार १६:०१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...