back
CTIZAN AD

ओलीलाई पार्टीबाट हटाउने माधव नेपालको घोषणा

वि.सं.२०७७ माघ ८ बिहीवार

957 

shares

माघ ८, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाउने घोषणा गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित आफुँ पक्षीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य नै नरहने गरी पार्टीबाट निष्काशन गर्ने बताएका हुन् ।

‘हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका थियौँ, चार दिन बित्दा पनि उनले जवाफ दिएनन्, उनमा जवाफ दिने हिम्मत नै छैन’, अध्यक्ष नेपालले भने, ‘हामी उनलाई साधारण सदस्यबाट हटाउने अन्तिम चरणमा छौँ, उनलाई आजैका मितिबाट साधारण सदस्यबाट निष्कासन गछौँ।’

गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जुन निर्णयअनुसार गत माघ ५ मा प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण पत्र बुझाएको थियो । तीन दिनको अवधि राखेर सोधिएको स्पष्टीकरण पत्रबारे ओलीले जवाफ दिएका छैनन् ।

यसैबीच अध्यक्ष नेपालले प्रधानमनत्री ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन गरेर आलीले पार्टीकै बदनाम गरेको र आफू पनि कलंकित भएको बताए।

‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे। पार्टीको कलंकित व्यक्ति भए। संविधान कुच्चिए’, उनले भने।

यस्ताे थियाे प्रचण्ड-नेपाल पक्षले बुझाएको पत्र 

वि.सं.२०७७ माघ ८ बिहीवार १७:१० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...