back
CTIZAN AD

नेपाल स्वास्थ्य सेवा सहकारीमा सिंखडाको उम्मेदवारी, के छन् उनका एजेण्डा ?

वि.सं.२०७७ माघ ८ बिहीवार

2.2K 

shares

माघ ८, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताललाई सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीको आगामी अध्यक्षको लागि गणेशप्रसाद सिंखडाले उम्मेदवारी घोषणा गरेका छन् । यही माघ १७ मा हुन गईरहेको सञ्चालक समितिको निर्वाचनमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

सिंखडाले आफुँ अध्यक्ष भएमा मनमोहन कलेज तथा शिक्षण अस्पताललाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घोषणा गरेको ८ बुँदे प्रतिबद्धतामा संस्थाको ऋण तिर्नेदेखि शेयरधनीलाई थप सुविधा दिनेसम्मका कुरा छन् । उनले अस्पताललाई राजधानीकै नमुना अस्पताल बनाउने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंखडाले मेडिकल कलेजलाई जसरी पनि सम्बन्ध दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफुँ अध्यक्ष भएमा कलेजको सम्बन्धका लागि निरन्तर आन्दोलनका कार्यक्रम पनि चलाउने घोषणा गरेका छन् ।

सिंखडा यसअघि नेपाल पर्यटन बोर्डमा समेत रहेका थिए । मनमोनह मेडिकल कलेज सम्बन्धन नपाएर अलपत्र जस्तै भईरहेको स्थितिमा उनको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको छ ।

यस्ता छन् उनले जनाएका प्रतिबद्धता

१. सेयर धनी कक्ष अत्यन्त ब्यबस्थित गरिने छ। शेयर सदस्यहरु र उहाँका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा बिना कुनै झन्झट सजिलो ब्यबस्था गरिने छ।

२. हाम्रो कार्यकालमा मेडिकल कलेज स्थापना गरिने छ।

३. संस्थाको ऋण तिरिने छ।

४. दस लाख भन्दा कम रकम शेयर पुँजी राखेका शेयर धनीहरुलाई अबको एक बर्ष भित्रमा शेयर रकम बराबरको रकम बोनसको रुपमा उपलब्ध गरिने छ र शेयर पुँजी भने सोही रकम बराबरको कायम गरिने छ। शेयर धनीहरुलाई प्रत्यक बर्ष डिभिडेन्ट बाँडिने छ।

५. अस्पताललाई अत्याधुनिक बनाइने छ, काठमान्डौको औंलामा गनिने राम्रो अस्पतालको रुपमा लिइने अवस्थामा पुर्याइने छ।

६. क्याम्पसमा अन्य कार्यक्रम थपिने छ।

७. संस्थालाई सुशासन को उदाहरणको रुपमा बिकास गरिने छ। सम्पूर्ण हिसाब किताब पूर्ण पारदर्शि बनाइने छ।

८. संस्थाको प्रगतिको लागि आवश्यकता अनुसार अन्य कार्यहरु गरिने छ।

वि.सं.२०७७ माघ ८ बिहीवार १८:०४ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...