back
CTIZAN AD

होबार्ट हुरिकेन्स २२ रनले पराजित भएसँगै यस्तो बन्यो बिग ब्यास लिगको अकं तालिका

वि.सं.२०७७ माघ ९ शुक्रवार

732 

shares

९ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत होबार्ट हुरिकेन्स र पर्थ स्कोर्चस बिचको खेलमा होबार्ट हुरिकेन्स २२ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पर्थ स्कोर्चसले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन बनाएको थियो । पर्थ स्कोर्चसका लागि जश इंगलिसले सर्वाधिक ५८ रनको पारी खेलेका थिए भने होबार्टका लागि बलिङ्गमा नेथन एलिसले सर्वाधिक ४ विकेट लिएका थिए । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले पनि ४ ओभरमा २७ रन खर्चेर २ विकेट महत्वपूर्ण विकेट लिएका थिए ।

पर्थले दिएको १८० रनको लक्ष्य होबार्टले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । होबार्टका लागि ब्याटिङ्गमा डार्सी शटले सर्वाधिक ४३ रन बनाएका थिए भने पर्थका लागि बलिङ्गमा जेइ रिचर्डसनले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै पर्थ स्कोर्चस १२ खेलबाट २७ अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने होबार्ट हुरिकेन्स छैठौँ स्थानमै रहेको छ । त्यसैगरि पहिलो स्थानमा रहेको सिड्नी सिक्सर्सको ११ खेलबाट ३२ अकं रहेको छ भने तेस्रो र चौथौँ स्थनामा रहेको मेलबर्न स्टार्स र एडिलेड स्ट्राइकर्सको २४ अकं रहेको छ ।

पाँचौँ स्थानमा २३ अकं सहित सिड्नी थन्डर्स रहेको छ भने ब्रिसबेन हिट २१ अकं सहित सातौँ र मेलबर्न रेनेगेडर्स १३ अकं तालिकाको आठौँ स्थानमा रहेको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १४:२० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...