back
CTIZAN AD

सिरहामा हात्तीले दुई दर्जन घर भत्काए

वि.सं.२०७७ माघ ९ शुक्रवार

666 

shares

९ माघ, सिरहा । सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीनरचार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिए ।

सो क्षेत्रमा दिनहुँ तीनरचार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १० घर भत्काएको र घरभित्रका धान चामल नष्ट गरेको दहालले बताए । हात्तीले केराबारी तथा धानबाली पनि नष्ट गरेका छन् । दिउँसो उखुबारीमा लुकेर बस्ने र रातको समयमा घर बस्तीमा पसेर हात्तीले आतङ्क नै फैलाएपछि गउँले त्रसित भएका छन् । हात्तीको आक्रमणबाट हुने क्षति रोक्नका लागि स्थानीय प्रशासनले आवश्यक पहल भइरहेको जनाइएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिए । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ । उक्त क्षेत्रमा हात्ती हिँड्ने परम्परागत रुट भएकाले पनि हात्तीले वर्षेनि दुःख दिने गरेको छ । त्यस क्षेत्रमा कतिपयले घरटहरा बनाएका छन् ।

हात्तीलाई नुन र रक्सी बनाउन प्रयोग गरिने सामग्री आदि मनपर्ने भएका कारण गाउँमा हात्तीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । हात्तीलाई नुन मनपर्ने आहारा भएकाले नुन खोज्न तथा रक्सी बनाउन प्रयोग गरिएका सामग्रीको गन्धले पनि हात्तीले दुःख दिने गरेको स्थानीय प्रशासनले जनाएको छ । हात्तीको आतङ्क रोक्न नुन भण्डारण नगर्न, रक्सी चुहावट नगर्न तथा केराको बोट नराख्न स्थानीय सरकार र प्रहरी प्रशासनले उर्दी जारी गरिसकेको छ ।

डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ढ्याङग्रो ठट्टाउने, पटका पड्काएर सुरक्षित तवरले हात्ती धपाउने कार्य भइरहेको प्रजिअ कणेलले बताए । जिल्लामा हात्तीले हालसम्म दुई दर्जनभन्दा बढी घर भत्काउनाका साथै धेरैको अन्नबाली नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन । विगत २५ दिनदेखि हात्तीको समूहले विभिन्न स्थानमा दुःख दिइरहेको छ । कोशी टप्पु राष्ट्रिय निकुञ्ज वा झापा र सुनसरीबाट हात्ती आएको हुनसक्ने प्रशासनले जनाएको छ । झापा, सुनसरी, उदयपुर, सिराहा हुँदै अहिले कमलानदी किनारमा हात्ती पुगेका छन् ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १६:०५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...