माघ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन् । आफुँ पक्षीय नेकपाको आमशभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले तीन वर्षसम्म ओलीलाई तह लगाउन गरेको प्रयास निरअर्थक भएको बताए ।
‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं, हाम्रा प्रयास सफल भएनन्’, उनले भनेका छन् ।
उनले संसद विघटनदेखिका घटनाको जिम्मेवारी आफुँहरुले पनि लिने बताउँदै आफुँले आत्माआलोचना गरेको बताए । ‘सबै दोष ओलीलाई दिँदैनौं, सहि बाटोमा ल्याउन नसक्न् हाम्रो पनि कमजोरी हो, म नेतृत्वको तर्फबाट आत्माआलोचना गर्न चाहन्छु’, उनले भनेका छन् ।
सम्बन्धित समाचार
वि.सं.२०७७ माघ ९ शुक्रवार १६:०१ मा प्रकाशित






























