back
CTIZAN AD

झापा कारागारमा ६० विदेशी कैदीबन्दी

वि.सं.२०७७ माघ ९ शुक्रवार

651 

shares

९ माघ, सुरुङ्गा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ ।

कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अपराधका घटनामा संलग्न भएपछि कैद भुक्तान गरिरहेका छन् ।

अपराधमा संलग्नमध्ये धेरै भारतीय नागरिक छन् । अपराधमा संलग्न विदेशी नागरिकमध्ये लागुऔषध मुद्दामा एक महिला र चोरीमा दुई महिलाले जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका छन् ।

करागारमा रहेका ५७ विदेशी पुरुषमध्ये अप्राकृतिक मैथुनसहित खोटा चलन, कीर्ते, अभद्र व्यवहार, डाका अपहरण, जवर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यानलगायतका मुद्दामा जेल जीवन बिताइरहेका छन् । तीमध्ये लागुऔषध मुद्दामा मात्रै २१ जनाले सजाय भुक्तान गरिरहेका छन् ।

त्यस्तै कर्तव्य ज्यान तथा ज्यान कसुरमा सात, जबर्जस्ती करणीमा पाँच, अपहरणमा पाँच, डाका मुद्दामा दुई, गौवध मुद्दामा एक, खोटा चलनमा एक, कीर्तेमा दुई, अभद्र व्यवहारमा एक र अप्राकृतिक मैथुनका मुद्दामा एक जना गरी ५७ जनाले कैद भुक्तान गरिरहेको जिल्ला कारागारले जनाएको छ ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको झापामा विदेशी नागरिकका लागिसमेत सरकारले रासनपानी व्यहोर्दै आएको छ । जिल्ला कारागारमा अहिले विभिन्न मुद्दामा स्वदेशी र विदेशी गरी एक हजार १९६ जना कैदबन्दीले कैद भुक्तान गरिरहेका छन् ।

कारगारको तथ्याङ्कअनुसार सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तानी गर्ने छन् । एक जना महिलाले पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकी छिन् । जबर्जस्ती करणी मुद्दामा एक स्वदेशी महिलासहित ३४८ स्वदेशी पुरुष छन् । जसमा पनि २४१ कैदी र १०७ थुनुवा रहेको कारागार स्रोतले जनाएको छ ।

त्यस्तै आठ कैदी र तीन थुनुवा गरी ११ जना विदेशी नागरिक जबर्जस्ती करणी मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् । जबर्जस्ती करणीपछि झापा कारागारमा धेरै लागुऔषध मुद्दामा पक्राउ परेकाले कैद भुक्तान गरिरहेका छन् ।

कारागारको तथ्याङ्कअनुसार आठ कैदी नौ थुनुवा गरी १७ जना स्वदेशी महिला, १२५ कैदी, १५८ थुनुवा गरी १८३ स्वदेशी पुरुष कैद भुक्तान गरिरहेका छन् भने एक विदेशी महिलासहित ११ कैदी र १० थुनुवा गरी २१ जना विदेशी नागरिकले झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

नियमअनुसार नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।
रासस

वि.सं.२०७७ माघ ९ शुक्रवार १६:०७ मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...