माघ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका युवा नेता रमेश पौडेलले पुष्पकमल दाहाल प्रचण्डको न्यायालय र निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले न्यायालय र निर्वाचन आयोगमा सेटिङ्गसहितको आरोप लगाएर धम्की दिनु लज्जास्पद भएको बताए ।
पौडेलले भरतपुर महानगर र सिरहामा भएको निर्वाचनलाई नबिर्सन पनि प्रचण्डलाई आग्रह गरेका छन् । उनले भरतपुरमा गन्दागन्दैको भोट चपाएपछि र सिराहामा बत्ती निभाएर मत पेटिका फेरिएको घटनालाई के भन्ने भनि प्रश्न उठाएका छन् ।
छाेरीलाई चुनाव जिताउन चितवनमा गन्दागन्दैको तीन भोट चपाएपछी स्थगित भएको मतगणनालाई पुन निर्वाचन गर्नु भनेर आदेश गर्न…
Posted by Ramesh Poudel on Friday, January 22, 2021
‘छोरीलाई चुनाव जिताउन चितवनमा गन्दागन्दैको तीन भोट चपाएपछी स्थगित भएको मतगणनालाई पुन निर्वाचन गर्नु भनेर आदेश गर्न लगाउदा तेहि अदालत स्वतन्त्र न्यायालय थियो हैन कमरेड ? हिजो सिरहामा बत्ती निभाएर मत पेटिका फेर्दा त्यही निर्वाचन आयोग महान थियो हैन कमरेड ?’, पौडेलको प्रश्न छ, ‘आज चाही त्यही न्यायालय र निर्वाचन आयोगलाई अबिश्वास सहित सेटिङ्गको आरोप लगाएर धम्की दिन र सडक आन्दोलन गर्दा दुनियाँले के भन्छ होला कमरेड ?’
उनले प्रचण्ड–नेपाल पक्षले सडकमा गरिरहेको आन्दोलनको अर्थ के हो भनि प्रश्न पनि गरेका छन् ।
वि.सं.२०७७ माघ ९ शुक्रवार १६:४२ मा प्रकाशित






























