९ माघ, काठमाडौं । नेपालमा शुक्रबार (९ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ३५ हजार ३०१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ५४५ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,६१४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८७९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,७३५ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १५४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, बागमती प्रदेशमा ५३, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा १५४ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ७ जना र लुम्बिनी प्रदेशमा ५ जना गरी जम्मा ३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १५८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला भोजपुर, कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।
आज थपिएका ३०२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । साथै आज ४८० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १,९८६ पुगेको छ ।
आज देशेैभरी ३०२ जनामा कोरोना संक्रमण, ४८० जना निको, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४५४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ११२ जनासहित देशैभरी ३०२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १३३ र १६९ जना पुरुष रहेका छन् ।
आज थपिएका ३०२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ४८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४८० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९८६ पुगेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८७९ जना कोरोना संक्रमित होम संसथागत रहेका छन् ।
जसमा प्रदेश १ मा १०, प्रदेश २ मा १, बागमती प्रदेशमा ६१२, गण्डकी प्रदेशमा २४ लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ६३ जना गरी ८७९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारतर छन् । साथै होम आइसोलेशनमा २,७३५ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
वि.सं.२०७७ माघ ९ शुक्रवार १६:३६ मा प्रकाशित






























