back
CTIZAN AD

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

वि.सं.२०७७ माघ १० शनिवार

732 

shares

१० माघ, काठमाडौं । माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।

वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ ।

सफाइमा आलोकनगरका अभियानकर्मीको पनि सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानले ४०२ हप्ता पार गरे पनि वाग्मती आशातीत सफा हुन सकेको छैन । अझै पनि वाग्मतीको मुहान क्षेत्रमै ढल हाल्ने क्रम रोकिएको छैन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मेवारी पूरा गर्ने गरी कानूनीरुपमा सक्षम नबनाइएको गुनासो त्यहाँका पदाधिकारीले गर्दै आएका छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको वाग्मती सौन्दर्यीकरणको कार्यक्रम पनि समयमा सकिएको छैन । जग्गा मुआब्जा, नदी किनार कब्जा गर्दै अव्यवस्थित बसोवास गर्नेका कारण वाग्मती सौन्दर्यीकरणको काम समयमा हुन नसकेको हो । नयाँबानेश्वर र सिनामङ्गल क्षेत्रमा रहेका अव्यवस्थित बसोवासीसँग सहमति गरेर नै नदी सौन्दर्यीकरणको काम अघि बढाउन लागिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले बताए ।

नागरिकस्तरबाट स्वयंसेवीरुपमा सफाइ जारी रहँदा सरकारी निकाय अधिकार सम्पन्न वाग्मती पनि नदीमा फोहर गर्नेलाई दण्ड, जरिवाना गर्न स्थानीय तहको सहयोग लिएर लाग्नुपर्ने अभियानकर्मीको माग छ ।

वि.सं.२०७७ माघ १० शनिवार १३:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...