१० माघ, काठमाडौं । नेपालमा शनिबार (१० माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ३८ हजार ८४२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ५४१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,४५२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७७८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,६७४ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १४७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा २१, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा १४७ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशमा ६ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १४७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।
आज थपिएका २३२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । साथै आज ३८६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १,९९४ पुगेको छ ।
आज देशैभरी थपिए कोरोनाका २३२ संक्रमित, ३८६ जना निको, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ५४१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १०९ जनासहित देशैभरी २३२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९१ र १४१ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज प्रदेश २ मा ६ जना, बागमती प्रदेशमा १६२, गण्डकी प्रदेशमा २६, लुम्बिनी प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका २३२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ३८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३८६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९९४ पुगेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७७८ जना कोरोना संक्रमित होम संसथागत रहेका छन् ।
जसमा प्रदेश १ मा १०, प्रदेश २ मा १, बागमती प्रदेशमा ४८७, गण्डकी प्रदेशमा २६ लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ८५ जना गरी ७७८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारतर छन् । साथै होम आइसोलेशनमा २,६७४ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
वि.सं.२०७७ माघ १० शनिवार १७:२४ मा प्रकाशित






























