back
CTIZAN AD

चुनावमा टोखाका सबै वडाबाट बहुमत ल्याउँछौं – मेयर अधिकारी

वि.सं.२०७७ माघ १० शनिवार

963 

shares

काठमाडौं । आगामी निर्वाचनमा टोखा नगरपालिकाबाट आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताएका छन् । आफुहरुले जनताको मन जितेर काम गरेकाले आगामी निर्वाचनमा जनताले साथ दिने मेयर अधिकारीको विश्वास छ ।

आज शनिवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली खेमाद्वारा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा मेयर अधिकारीले सो कुरा बताएका हुन् । मेयर अधिकारीले आफ् निर्वाचित भएदेखि अहिलेसम्म नगरपालिका भित्र २९ किलोमिटर सडक पिच गरिएको र ३९ किलोमिटर सडक ढलान गर्ने काम सम्पन्न भएको बताए ।

ओली खेमाद्वारा आयोजना गरिएको टोखा नगर स्तरिय अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल र केन्द्रिय सदस्यहरु नारायण सिलवाल, रत्न गुरुङ, लेखनाथ फुयाल केशव स्थापित र उपमेयर ज्ञान माया डंगोल लगाएतले सम्बोधन गरेका थिए । भेलामा ५ सय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागी भएका भएको युवा संघ नेपालका विभागिय केन्द्रिय सदस्य शिबु रानाले बताए ।

भेलाको अध्यक्षता पार्टी नगर कमिटिका अध्यक्ष सत्य नारायण डंगोलले गरेका थिए भने सञ्चालन नगर कमिटि सचिवालय सदस्य भानु दहालले गरेका थिए ।

वि.सं.२०७७ माघ १० शनिवार १७:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...