back
CTIZAN AD

चिकित्सा शिक्षाको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०७७ माघ १० शनिवार

729 

shares

१० माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिएका हुन् ।

आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबिबीएस कार्यक्रमका लागि रु आठ लाख बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा विषयमा बढाउन सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स, एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

बैठकले उक्त विषयमा निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री केष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनाउने गठन गरेको छ । कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्य तथा जनसङ्ख्यान्त्री हृदयेश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा उषा झा, आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहेका छन् ।

बैठकमा राष्ट्रिय चिकित्सा ऐन २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ पहिलो संशोधन, एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, नेशनल बोर्ड आफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि, चिकित्सा शिक्षासम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेका संस्थाहरुको स्तरोन्नतिका सम्बन्धी मापदण्डहरु भने अनुमोदन भएको छ ।

वि.सं.२०७७ माघ १० शनिवार १८:०१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...