back
CTIZAN AD

तथ्याङ्क विभागले माग्यो ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक

वि.सं.२०७७ माघ १२ सोमवार

750 

shares

१२ माघ, काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ । विभागले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त प्रणाली झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ ।

गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वैशाखमा निर्वाचन भए पनि त्यसले जनगणनालाई धेरै असर नगर्ने बताए । यो राष्ट्रिय महाअभियानका रुपमा रहेको जनगणना सफल बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । “सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म सबैको उत्तिकै भूमिका रहेको छ ।” उनले भने ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले विगतमा गणक र सुपरीवेक्षकका लागि आवेदन दिन दिनभर लाम बस्नुपर्ने भए पनि अनलाइनमा जाँदा त्यो हट्ने बताए । आगामी वर्ष हुने जनगणनामा गणक र सुपरीवेक्षक गरी झण्डै ५२ हजार आवश्यक पर्ने देखिएको छ ।
“धेरै करारमा नियुक्त गरिने छ भने जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीबाट लिन सकिने छ ।” उनले भने ।

आइतबारदेखि नै शुरु भएको अनलाइन आवेदन इच्छुक व्यक्तिले ६० दिनसम्म भर्न सक्नेछन् । चैतमा प्रदेश र जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले छुटेका व्यक्तिले एक साताभित्र ती कार्यालयमा पनि फारम भर्न सकिने व्यवस्था मिलाइने विभागले जनाएको छ । फारम निःशुल्क हुने र गणक र सुपरीवेक्षक दुवै पदका लागि स्नातक तह वा सो सरहको शैक्षिक योग्यता चाहिने बताइएको छ ।

उम्मेदवारले प्राथमिकताका आधारमा आफूले काम गर्न चाहेको दुई क्षेत्र उल्लेख गर्न सक्नेछन् भने छनोटमा परेका उम्मेदवारलाई स्थायी बसोबास भएको ठेगानामा काम गर्न प्राथमिकता दिइनेछ ।

वि.सं.२०७७ माघ १२ सोमवार ०८:४१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...