back
CTIZAN AD

अस्पताल निर्माणका लागि स्थानीयले दिए निःशुल्क जग्गा

वि.सं.२०७७ माघ १२ सोमवार

642 

shares

१२ माघ, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरिदिएका छन् ।

आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उहाँहरूले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आए पनि स्वास्थ्यचौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो”, लामिछानेले भने, “अहिले स्वास्थ्यचौकीका नाममा मौजुदा जग्गासहित १३ रोपनी जग्गा पुर्याएका छौँ, अब अस्पताल बनाउनका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

अस्पताल बनाउनका लागि स्वास्थ्यचौकी नजिकै रहेको जग्गा स्थानीयवासीले दिएका हुन् ।
अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गरेका छन् ।

यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकीकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयवासीको सक्रियतामा दुई रोपनी जग्गा खरिदसमेत गरेको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क जग्गा स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गादाता विष्णुप्रसाद शर्माले बताए ।

रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताए । जग्गादाताले स्वास्थ्यचौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए । जग्गा स्वास्थ्यचौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा १५, १० र पाँच शय्याको अस्पताल बनाउने निर्णयानुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो ।

वि.सं.२०७७ माघ १२ सोमवार ०८:३५ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...