back
CTIZAN AD

बाल उज्ज्वल मा.वि सिसीटिभीको निगरानीमा

वि.सं.२०७७ माघ १२ सोमवार

729 

shares

१२ माघ, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० छत्रेबाँझ दाप्चामा रहेको बाल उज्ज्वल माध्यमिक विद्यालयलाई सिसीटिभीको निगरानीमा राखिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई सिसीटिभीको निगरानीमा राख्न आवश्यक रहेको जनाएपछि युवा व्यवसायी टीकाबहादुर लामा धावाले १२ थान सिसी क्यामेरा उपलब्ध गराएका हुन् ।

नमोबुद्ध–१० का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अधिकारीले प्राप्त उपकरणले शिक्षामा ठूलो उपलब्ध हुने अपेक्षा व्यक्त गरे । “सिसी क्यामेराबाट अब विद्यार्थी, शिक्षक, अभिभावक र सिङ्गो विद्यालयका लागि शिक्षाको क्षेत्रमा समेत गतिलो पहरेदारको काम गर्नेछ”, उनले भने ।

“अब विद्यालयमा विद्यार्थीका लागि शैक्षिक गुणस्तर वृद्धि गर्न सिसी क्यामेरा आवश्यक छ भनेर हामीले विद्यालयमा छलफलसमेत गरिरहेका थियौँ, त्यही क्रममा युवा व्यवसायी लामाले सिसी क्यामेरा उपलब्ध गराएका छन् ।”

सिसी क्यामेरा उपलब्धसँगै उक्त क्यामेरा जडान गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री र जडान गर्ने प्राविधिकसमेत उनले उपलब्ध गराएको विद्यालयले जनाएको छ । विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरेपछि सम्पूर्ण कक्षा कोठा, विद्यालयको प्राङ्गण र विद्यालय परिसर नै सिसीटिभीको निगरानीमा राखिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सिसीटिभीको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आवश्यक उपकरणसहित सहयोग गरेको लामाले बतए ।

“विद्यार्थीलाई अनुशासित राख्न कक्षा कोठामा कसरी पढिरहेका छन्, कहिलेकाहीँ शिक्षक कक्षा कोठामा उपस्थित नहुने बेलामा कसरी बसिरहेका छन् र बाहिर चौरतिर खेल्ने बेलामा कसरी कस्तो व्यवहार देखाएका छन् भन्नेसमेतको निगरानी राखेर कतै गलत गरेको खण्डमा त्यसलाई सुधार गर्नसमेत सिसीटिभी क्यामेराले सहयोग गर्ने भएकाले सो उपकरण विद्यालयको लागि उपलब्ध गराएको हुँ”, उनले भने ।

“यसबाट शिक्षक र विद्यार्थीको शैक्षिक गतिविधिका साथै शिक्षकले पनि कक्षा कोठामा कसरी पढाइरहेका छन् भन्नेसमेतको रेकर्ड गर्ने भएकाले समयको उचित सदुपयोग र व्यावहारिक परिवर्तनमा समेत सहयोग पुग्नेछ ।”

उपलब्ध सामग्रीमा एक थानको आठ हजार पर्ने १२ थान सिसी क्यामेरासहित जडान गर्न आवश्यक पर्ने सबै उपकरण गरेर रु एक लाख ७५ हजार ५६५ लागतमा सो जडान कार्य सम्पन्न गरिसकेको लामाले बताए ।

पाँच सय ४६ विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयमा नगर शिक्षा कार्यालयबाट कम्प्युटर ल्याबको समेत व्यवस्थापन गरी अध्ययन अध्यापन भइरहेको अध्यक्ष अधिकारीले बताए ।
रासस

वि.सं.२०७७ माघ १२ सोमवार १०:४५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...