back
CTIZAN AD

सिड्नी विरुद्धको खेलमा होबार्ट हुरिकेन्स विजयी भएसँगै यस्तो बन्यो बिग ब्यास लिगको अकं तालिका

वि.सं.२०७७ माघ १२ सोमवार

741 

shares

१२ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत हिजो भएको खेलमा सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्सलाई ७ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो । होबार्टका लागि ब्याटिङ्गमा कप्तान म्याथ्यू वेडले सर्वाधिक ८६ रन बनाएका थिए भने डार्सी शटले ७६ रन बनाएका थिए । सिड्नी सिक्सर्सका लागि बलिङ्गमा शन एबट, बेन द्वारशुइस र जेक बलले सर्वाधिक २/२ विकेट हात पार्न सफल भएका थिए ।

होबार्टले दिएको १८९ रनको लक्ष्य सिड्नी सिक्सर्सले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । सिड्नी सिक्सर्सले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । सिक्सर्सका लागि जेडन सिल्कले ७६ रनको विस्फोटक पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । होबार्टका लागि नेथन एलीसले सर्वाधिक३ विकेट हात पारेका थिए भने सन्दिप लामिछानेले २ विकेट हात पार्न सफल भएका थिए । सन्दिप लामिछाने ४ ओभरमा २४ रन खर्चेर मोइसेस हेनरिक र डेनियल क्रिस्टियनको विकेट लिएका थिए ।

जितसँगै होबार्ट हुरिकेन्स १३ खेलबाट २७ अकं जोड्दैँ अकं तालिकामा पाचौ स्थानमा उक्लेको छ भने सिड्नी सिक्सर्स र पर्थ स्कोचर्सले १३ खेलमा ३२ अकं जाड्दैँ प्लेअफका प्रवेश गरिसकेका छन । त्यसैगरि एडिलेड स्ट्राइकर्स २८ अकं सहित तेस्रो स्थानमा रहेको छ भने २७ अकं सहित सिड्नी थन्डर्स चौथो स्थानमा रहेको छ ।
ब्रिसबेन हिट २५ अकं सहित छैठौँ, मेलबर्न स्टार्स २४ अकं सहित सातौँ र मेलबर्न रेनेगेडर्स १३ अकं सहित आठौँ स्थानमा रहेका छन ।

वि.सं.२०७७ माघ १२ सोमवार ०९:५९ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...