back
CTIZAN AD

अधिकांस कम्पनीको सूचक राताम्मे हुँदा, नेप्सेमा दोहोरो अंकको बृद्धि

वि.सं.२०७७ माघ १२ सोमवार

801 

shares

१२ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयरबजार परिसूचक (नेप्से)दोहोरो अंकले उकालो लागेको छ । सोमबार नेप्सेमा अधिकांस कम्पनीको सूचक राताम्मे हुँदा पनि परिसूचक भने १६ दशमलब ०४ अंकले बढेर २४४० दशमलब ८७ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ भने ० दशमलब २४ अंकले घटेको छ ।
आज बैकिङ् ब्यापार, नीर्जिवन बीमा कम्पनी, अन्य र सामूहिक लगानीकोष बाहेक सबै ७ कम्पनी समूहको सूचक ओरालो लागेको छ । तिनीहरुमध्ये ब्यापार कम्पनी समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

आज कूल सूचिकृतमध्ये २०८ कम्पनीका ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३० रुपैंयाँ बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७२ हजार ७७३ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा नेपाल लाईफ शिर्षस्थानमा रह्यो । उसको मात्र ६० करोड ३७ लाख ४० हजार ७१९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै नबिल बैंक, एनसिसि बैंक, एन.आई.सि.एसिया बंैक लगायतका कम्पनीहरुको कारोबार उच्च रह्यो ।

कारोबार संख्याको आधारमा भने बैंकिंङ् समूह शिर्षस्थानमा रहे । एनसिसि बैंक, नबिल बैंक, कूमारी बैंक लगायतका कम्पनीको सेयर कारोबार उच्च रहेको छ ।

त्यस्तै सबैभन्दा धरै नागरिक लगानीकोषका लगानीकर्ताहरुले कमाएका छन् भने गुराँस लघुबित्त, प्रभुलाईफ लगायतका कम्पनीका लगानीकर्ताहरु धेरै कमाउनेमा परेका छन् ।
श्री इन्भेष्टमेन्ट फाईनान्स, सिन्धु बिकास बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।

वि.सं.२०७७ माघ १२ सोमवार १७:१५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...