back
CTIZAN AD

कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

वि.सं.२०७७ माघ १३ मंगलवार

768 

shares

१३ माघ । कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।

रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स ९युएइ०का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।

धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारीक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ ।

“यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । यो अभियानले कतिपयले हल्का रुपमा लिने र ठट्टाको विषय बनाउने छन् वा खोप लगाउनका लागि प्रेरित हुनेछन्,” एक जनाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

युएईको दुबईसहित सात क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युएइमा आइतबार थप तीन हजार ५७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै युएइमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजारभन्दा बढी पुगेको छ । युएइमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये अहिलेसम्म ७९२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:४७ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...