back

कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

वि.सं.२०७७ माघ १३ मंगलवार

150 

shares
RBB AD
NTC AD

१३ माघ । कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।

रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स ९युएइ०का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।

धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारीक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ ।

“यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । यो अभियानले कतिपयले हल्का रुपमा लिने र ठट्टाको विषय बनाउने छन् वा खोप लगाउनका लागि प्रेरित हुनेछन्,” एक जनाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

युएईको दुबईसहित सात क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युएइमा आइतबार थप तीन हजार ५७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै युएइमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजारभन्दा बढी पुगेको छ । युएइमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये अहिलेसम्म ७९२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा...

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

जिउक्वान (चीन) । सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा...