back
CTIZAN AD

मानव सेवामा आश्रितहरुको केश सुधार गर्दै सौन्दर्यकर्मी

वि.सं.२०७७ माघ १३ मंगलवार

705 

shares

१३ माघ, कर्णाली । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो ।

केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताइन् । ‘मानव सेवा नै सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरुको केश सुधार गरिएको अध्यक्ष शाक्यले बताइन् ।
मानव सेवाआश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले सौन्दर्यकर्मीहरुको यसप्रकारको सहयोगबाट निकै खुशी मिलेको बताइन् ।

“सडकबाट आएकाहरुलाई सेवा गर्न मानिसहरु हत्तपत्त आउँदैनन्”, संयोजक ओलीले भनिन्, “यद्यपि हाम्रो सानो अनुरोधमा युनियनका प्रदेश अध्यक्षले सौन्दर्यकर्मीहरुको साथ सहयोगमा केश सुधार गरिदिएका छन् ।”

उनले कोरोना महामारीका कारण भएको लकडाउनले आश्रममा आश्रित आमाबुबाहरुको केश काटेर पवित्र सहयोग गरेको भन्दै सौन्दयकर्मी युनियन नेपाललाई हार्दिक धन्यवाद दिएका थिए । नौ सौन्दयकर्मीले ५० आश्रित मानवको केश काटेका थिए ।
रासस

वि.सं.२०७७ माघ १३ मंगलवार ११:५८ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...